|

चितवन : चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १० स्थित पञ्चकन्या सामुदायिक वनमा घाँस काट्न गएका बेला गैँडाको आक्रमणबाट सोमबार एक व्यक्ति गम्भीर घाइते भएका छन्।

पैदल हिँडिरहेका बेला गैँडाले आक्रमण गर्दा सोही ठाउँका ५५ वर्षीय पदमबहादुर तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। बिहान करिब १० बजे उक्त घटना भएको प्रहरीले जनाएको छ।

खुट्टामा गम्भिर चोट लागेका उनको अहिले कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। चितवन निकुञ्ज आसपास क्षेत्रमा वन्यजन्तुले हरेक वर्ष मानिसमाथि आक्रमण गर्ने र खेतीबाली नष्ट गर्ने गर्छ। विद्युतीय तारबार लगाइए पनि प्रभावकारी हुन सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.