प्रदेशअनुसारको बजेटको आकार

|

काठमाडौं : सातैवटा प्रदेश सरकारले शुक्रबार आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेट सार्वजनिक गर्दै छन्। संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट असार १ गते सार्वजनिक गर्नुपर्ने हुन्छ। त्यसैकारणले गर्दा करीव तीन घण्टाका अन्तरमा सातवटै प्रदेश सरकारले बजेट सार्वजनक गर्न थालेका हुन्।

चालु आर्थिक वर्षको तीन महिनाको लागि बजेट पेस गरेका प्रदेश अर्थमन्त्रीहरूले सरकारको आगामी कार्यदिशा देखाउने गरी पूर्णबजेट ल्याउन र प्रदेशअनुसारका कार्यक्रमहरू समावेस गर्न व्यस्ता छन्।

बिहीबार साझसम्म पनि प्रदेश आर्थिक मामिलता तथा योजनामन्त्री र कर्मचारीहरू मन्त्रालयमा बजेट निर्माणमा व्यस्त भएको बताएका छन्। पहिलो पूर्णबजेट भएको कारण केही अन्योल भएता पनि प्रभावकारी र कार्यन्वयनमूखी बजेट ल्याउने तयारीमा जुटेको बताइएको छ।

सातैवटा सरकारले करिव साढे दुई खर्बको बजेट ल्याउने तयारीमा लागेका छन्। यसमध्ये सबैभन्दा ठूलो बजेट प्रदेश ३ ले सार्वजनिक गर्दै छ भने सबैभन्दा सानो आकारको बजेट कर्णाली प्रदेशले सार्वजनिक गर्ने तयारीमा लागेको छ।

प्रदेश ३ ले भने करिव ४५ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ।

कर्णाली र प्रदेश सातको बजेट ३० अर्ब पुग्न नसक्ने प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रीहरूले बताएका छन् भने अन्य प्रदेशमा ३० अर्बमाथिको बजेट ल्याउने तयारी भएको छ। प्रदेश ३ ले भने करिव ४५ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ।

प्रदेश ३ ले पूर्वधार विकासलाई मुख्य प्राथमिकता दिएर बजेट ल्याउने तयारीमा जुटेको प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बताए। उनले काठमाडौंलाई जोड्ने पूर्वी र दक्षिण मार्गमा सुरुङमार्ग बनाउने योजना बजेटमा अघि सार्दै रकम विनियोजन गर्दै छन्। त्यस्तै प्रदेश ३ को सरकारः लागि सिँचाइ, जलविद्युत र कृषि पनि मुख्य प्राथमकितामा राखेको छ।

आकारमा सानो भएता पनि कर्णाली प्रदेशले केही उदाहरणीय योजना सार्वजनिक गर्न थालेको प्रदेश अर्थमन्त्री प्रकाश ज्लावाले बताएका छन्। कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार रेलमार्गदेखि वृद्धाहरूलाई तीर्थयात्रासम्मका कार्यक्रम कर्णाली प्रदेशले ल्याउने तयारी गरेको छ। कर्णाली प्रदेशले करिव २५ अर्ब रुपैयाँ बराबरको बजेटको तयारी गरेको बताइएको छ।

प्रदेश २ ले कृषिलाई मुख्य प्राथमिकता राखेर बजेट ल्याउने तयारीमा छ। 

हाम्रो प्रमुख आधार भनेको कृषि हो, कृषिलाई मुख्य प्राथमकिता दिएर, पुलपुलेसा निर्माणमा हाम्रो बजेट केन्द्रित हुन्छ।

प्रदेश २ आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकारीका अनुसार प्रदेश दुई बजेटमा सबैभन्दा बढी रकम कृषिमा विनियोजन गरिने छ। 'हाम्रो प्रमुख आधार भनेको कृषि हो, कृषिलाई मुख्य प्राथमकिता दिएर, पुलपुलेसा निर्माणमा हाम्रो बजेट केन्द्रित हुन्छ' मन्त्रालयका एक अधिृकतले बताए।

प्रदेश ७ ले २६ अर्ब माथिको बजेट ल्याउने तयारी गरेको छ। प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहोराले शुक्रबार एक बजे प्रदेश सदनमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै छन्।

उनले रहरले कर तिर्ने नीतिसहितको आफ्नो पूर्णबजेट हुने बताए। प्रदेश ७ को सरकारबो बजेटमा विशेषगरी सडक सञ्जाल विस्तार र जडीबुटीलाई प्राथमिकता दिइने छ।

प्रदेश ४ ले करिव ३० अर्बमाथिको बजेट ल्याउने तयारी गरेको छ। प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शुक्रबार चार बजे बस्ने प्रदेश सदनमा आगामी आर्थिक वर्षको लागि आफ्नो पूर्णबजेट पेस गर्दै छन्। प्रदेश ४ ले विशेषगरी पर्यटन र जलविद्युतमा ठूलो रकम विनियोजन गर्ने तयारी गरेको छ।

प्रदेश ५ को प्राथमिकताभित्र कृषि क्षेत्र र औलोगिक क्षेत्र परेको छ। त्यस्तै ग्रामीण विद्युतीकरणलाई पनि प्रदेश ५ को सरकारले प्राथमिकता दिएको छ। राजश्‍व संकलनमा तेस्रो स्थानमा हरकेो प्रदेश ५ ले ३२ अर्ब नजिकको बजेट ल्याउने तयारी गरेको छ।

प्रदेश ५ को तर्फबाट भने प्रदेश मुख्यमन्त्री शंकर पोख्रेललेनै बजेट पेस गर्ने छन्। शुक्रबार बस्ने दिउँसो एक बजेको बैठकमा प्रदेश ५ को बजेट पेस गर्न थालिएको हो। बजेटका योजना आकार र प्राथमिकता छुट्याउन अहिले पनि व्यस्थ रहेको आर्थिक मामिलता तथा योजना मन्त्रालयका सचिव थानेश्‍व गौतमले बताए।

कुन प्रदेशको बजेट कति बजे

प्रदेश १: दिउँसो चार बजे

प्रदेश २ : दिउँसो एक बजे

प्रदेश ३ : दिउँसो तीन बजे

प्रदेश ४ : दिउँसो चार बजे

प्रदेश ५ : दिउँसो एक बजे

कर्णली प्रदेश : दिउँसो एक बजे

प्रदेश सात : दिउँसो एक बजे

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.