|

ओखलढुंगा : ओखलढुंगामा विद्यालय संचालन गर्ने संचालक र प्रिन्सिपल पक्राउ गरेको विरोधमा अभिभावक आन्दोलनमा उत्रेका छन्। संचालक र प्रिन्सिपल पक्राउ गरेपछि आफ्ना बालबालिकाको भविष्य अन्धकार भएको भन्दै प्रहरी र प्रशासनका विरुद्ध अभिभावक आन्दोलित भएका हुन्।

जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं २ निसंखेमा अवैध रूपमा विद्यालय संचालन गरेको आरोपमा प्रहरीले गत शुक्रबार विद्यालय संचालक बलराम कटुवाल र प्रिन्सिपल दुर्गा सुब्बालाई पक्राउ गरेको थियो।

अभिभावकले विद्यालय संचालकलाई आफूले भोलीका दिनमा आई पर्ने सबै समस्यामा साथ र सहयोग गर्ने भनि आफ्ना बालबालिकालाई ट्युसन कक्षा संचालन गरी पढाइ दिन आग्रह गरेपश्चात् पठनपाठन गर्न सुरु गरिएको भन्दै असार १ गते कटवाललाई गिराफ्तर गरेकोमा ध्यानाकर्षण भएको बताएका छन्। अभिभावकले ट्युसन सेन्टरका संचालक कटुवाल र शिक्षक सुब्बालाई बिनासर्त रिहाइ नगरे आफूहरू शसक्त आन्दोलनमा उत्रने अभिभावकले बताएका छन्।

सदरमुकाम नजिकै निसंखेमा गुरुकुल एकेडेमी एण्ड कम्प्युटर ईस्टिच्युट नामको संस्थाले अवैध रूपमा विद्यालय संचालन गरेको भन्ने उजुरीका आधारमा प्रहरीले  इस्टिच्युट संचालक  र शिक्षक सुब्बा नियन्त्रणमा लिएको हो। दर्ता नै नगरी विद्यालय संचालन गरेको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको र उनीहरूलाई शिक्षा नियमावली अन्तर्गत रहेर सरकारी मुद्दा लगाइने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.