|

काठमाडौं : प्रधानमन्त्री केपीशर्मा ओली मंगलबारदेखि हुने चीन भ्रमणमा केही महत्वपूर्ण विषयमा सहमति हुने बताएका छन्। आफ्नो पाँच दिने चीन भ्रमणका विषयमा सोमबार संसदलाई जानकारी गराउँदै प्रधानमन्त्री विषयमाले महत्वपूर्ण विषयमा सहमति हुने तर राष्ट्रिय हित विपरीत हुने नदिने बताएका हुन्।

रेल सडक संजाल, जलविद्युत तथा प्रशारणलाइन विस्तार, पुन निर्माणमा सहयोग लगायतका वियमा सहमति हुन्सक्छ' प्रधानमन्त्री ओलीले भने 'राष्ट्रिय हित र आवश्‍यकताको आधारमा सहमति गरिने छ, राष्ट्रिय हित विपरीतका सहमति हुने छैनन्'।

प्रधानमन्त्री ओलीले सिमावर्ती क्षेत्रका विषयमा पनि कुरा जाकनारी लिने तथा नाका विस्तारको सम्वन्धमा कुरा गरिने बताएका छन्। नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको विषयमा पनि जानकारी गराउने प्रधानमन्त्रीले बताएका छन्।

'हाम्रा छिमेकीका संवेदनशिलता हामीले बुझ्छौँ, हामी एक चीन नीतिमा प्रतिवद्ध छौँ' ओलीले भने नेपाली भूमि प्रयोग गरे चीन विरुघद्धका गतिविधि हुन दिदैनौँ'। प्रधानमन्त्री ओली दोस्रो पटक प्रधानमन्त्री भएपछि दोस्रो विदेश भ्रमणको क्रमममा चीन जान थालेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.