|

सुनसरी : पूर्व क्षेत्रमा तीन दिनयताको वर्षासँगै सप्तकोशी नदीको बहावमा उतार चढाव हुने क्रम जारी छ। पछिल्लो मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाव १ लाख ६ हजार ७ सय ९० क्युसेक प्रतिसेकेण्ड रहेको छ।

ब्यारेजका १६ वटा ढोका खोलिएका छन्। दुई दिन अघि एक लाख ३१ हजार क्युसेक पुगेको नदीको बहाव सोमबार क्रमश घट्दो क्रममा रहेको थियो। सोमबार राति पडाडी क्षेत्रमा अबिरल वर्षा जारी रहेकाले मंगलबार नदीको वहाव बढ्न सक्ने बताइएको छ। पूर्वी पहाडसहितका भेगमा वर्षा भएको खण्डमा कोशी नदीमा पानीको सतह बढ्ने गर्छ। मौसम विभागले जलस्तर बढ्न सक्ने भन्दै नदी किनारमा रहेकाहरुलाई सर्तक रहन अपिल गरेको भएपनि सुनसरी प्रशासनले सप्तकोशी नदीमा हालसम्म कुनै खतरा भने नरहेको जनाएको छ। सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले कोशीका सबै तटबन्ध सुरक्षित रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको बताए। नदीमा पानीको सतह स्थिर रहेको र नियमित अनुगमन समेत जारी रहेकाले कोशी नदीमा कुनै खतरा नरहेको भण्डारीले स्पष्ट पारे। सुनसरी प्रशासनले सप्तकोशी नदीको वहावको विषयमा हुने अफवाहको पछी नलाग्न सर्वसाधारणमा आग्रह समेत गरेको छ। 

उच्चसर्तकता अपनाउन मौसम विभागको अपिल

झापा, मोरग, सुनसरी, सप्तरी, सिरहा, इलाम, ताप्लेजुङ, धनकुटा, ओखलढुगाँ, सोलु, तेहथुम लगायतका जिल्ला भएर वग्ने खोला नालामा उल्लेख्य वहाव वढने मौसम पूर्वानुमान माहासाखाले उल्लेख गरेको छ। मध्यान्नपछि खतराको तह पार हुने अनुमान गरिएको हुनाले यी क्षेत्रको नदी प्रभावित क्षेत्रका बसिन्दालाई उच्चसर्तकता अपनाउन जल तथा मौसम विज्ञान विभागले अपिल गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.