|

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम बदली रही दिनभर वर्षा हुने जनाएको छ। महाशाखाले एक विज्ञप्ति जारी गर्दै दिउँसोको समयमा देशभरी नै मौसम बदली रही मध्य र पश्चिमका अधिकांश स्थानहरूमा र पूर्वका केही स्थानहरूमा मध्यम खालको वर्षाको सम्भावना छ रहेको तथा साँझ  र राति पनि देशभरी नै बदली रही अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको बताएको हो।

महाशाखाले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, 'बिहीबार राति देशको मध्य र पश्चिमी भू-भागका केही स्थानमा र पूर्वका एक दुई स्थानमा  भारी वर्षाको पनि सम्भावना छ।'

यस्तै, महाशाखाले शुक्रबार र शनिबारसम्म पनि मौसम बदलीसहित वर्षा हुने जनाएको छ। महाशाखाको पछिल्लो विवरणअनुसार  बिहीबार दिउँसोसम्म सबैभन्दा धेरै  काठमाडौंमा ९३.६ मिलिमिटर पानी परेको छ। यस्तै, ताप्लेजुङमा ३६ मिलिमिटर पानी परेको छ। भने सबैभन्दा कम पानी दिपायलमा १ मिलिमिटर परेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.