|

मेलम्ची : सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका-४ सल्लेडाँडामा बिहीबार राति बोलेरो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । 
तिपेनी बजारबाट सोही गाउँपालिकाको मानेखर्कतर्फ जाँदै गरेको लु१च ९९९ नंको बोलोरो कच्ची सडकबाट ४०० मिटर तल झरेर दुर्घटना भएको थियो । 

दुर्घटनामा तीन महिला र दुई पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जानकारी दिएको छ । मृत्यु हुनेमा पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङका ५६ वर्षीय पदम तामाङ, ६० वर्षीया जयरानी तामाङ, ५३ वर्षीया नानी तामाङ, ६५ वर्षीय भीमबहादुर तामाङ र २५ वर्षीया सुनमाया तामाङ छन् । 

तेह्रजना सवार बोलेरोमा चालक रामबहादुर लामासहित आठजना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा, अश्मी श्रेष्ठ, जिमी तामाङ, खुशी तामाङ, सुस्मिता वाइबा, शिर्षानी वाइवा, मनमाया तामाङ र भिमजुनी तामाङ रहेका छन्। उनीहरुको अहिले काठमाडौँस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको सिन्धुपाल्चोक जिल्ला प्रहरी प्रमुख मोहनप्रसाद पोखरेलले बताए। 

जिप दुर्घटनामा तीनजनाकाे मृत्यु, नाै घाइते 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.