|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले बंगलादेशमा पढ्ने नेपाली छात्राहरूबारे अशिष्ट र अमर्यादित शब्द बोल्ने झापाको बिएन्डसी  अस्पतालका कार्यकारी निर्देशक एवं सञ्चालक दुर्गा प्रसाईंलाई के कारबाही भइरहेको छ भन्ने प्रश्न गरेका छन्।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेरललाई प्रश्न गरेका हुन्। मन्त्री पोखरेल डा. गोविन्द केसीसँग भएका सहमतिबारे संसदलाई जानकारी गराइरहेका थिए।

शुक्रबारको संसद बैठकमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले प्रसाईंको अभिव्यक्ति चिकित्सा शिक्षा विधेयक बाहिरको नभएकाले उनलाई कारबाही बारे के भइरहेको छ भन्नेबारे प्रश्न गरेकी थिइन्। त्यस्तै, सांसद सांसद डीला संग्रौलाले बंगलादेशमा पढ्ने छात्राहरूको अस्मितामाथि प्रश्न उठाउने प्रसाईंलाई कारबाही गर्न माग गरेकी छन्। त्यस्तै सांसद लक्ष्मी परियारले बंगलादेशमा अध्ययनरत छात्राहरूको चरित्रबारे धावा बोल्ने कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएको र दुर्गा प्रसाईंलाई के भइरहेको भन्नेबारे प्रश्न गरेकी थिइन्। उनले तामाङलाई कानुनी कारबाही हुनुपर्ने माग गरेकी थिइन्।

कांग्रेसका अन्य सांसदहरूले पनि दुर्गा प्रसाईंको उक्त अभिव्यक्तिको विरोध गर्दै कानुनी कारबाहीको माग गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.