|

डडेल्धुरा : लगातारको वर्षाका कारण कैलालीको चुरे गाउँपालिका–५ निंलाडीमा पहिरो खस्दा भीमदत्त राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। शुक्रबार बेलुकी बेलुकी ६:४५ बजे पहिरो जाँदा भीमदत्त राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनको हो।

सडक अवरुद्ध हुँदा तराईबाट पहाड हिँडका र पहाडबाट तरार्इका लागि छुटेका सम्पूर्ण सवारीका साधन तथा यात्रुहरू बाटोमा अलपत्र परेका छन्। सडक माथिबाट सल्लाका रुख सहितको माटो डिस्को खसेपछि राजमार्गमा आवत जावत पूर्ण रूपमा अवरुद्ध बनेको सडक डिभिजन कार्यालय कुलपाते डोटीका इन्जिनियर महानन्द जोशीले जानकारी दिए।

अहिले डोजर पुगेको र पहिरो पञ्छाउने काम भइरहेको उनले बताए। राति अबेरसम्म बाटो खुल्न सक्ने जनाइएको छ। सडक अवरुद्ध हुँदा प्रदेश ७ का सात पहाडी जिल्लाबाट छुटेका सवारी साधनहरू खानीडाँडामा रोकिएका छन् भने तरार्इबाट पहाड आउने सवारी साधनहरू बुडितोलामा रोकिएको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.