|

काठमाडौं : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनका लागि काठमाडौंलाई सजिसजावट गर्न लागिएको छ। बिहीबार र शुक्रबार काठमाडौंको सोल्टी होटलमा हुने शिखर सम्मेलनमा आयोजक नेपालसहित भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमारका राष्ट्रप्रमुख तथा कार्यकारी प्रमुखहरूको सहभागिता हुने भएको छ।

सम्मेलनका लागि अन्तर्राष्ट्रिय विमानस्थलदेखि सम्मेलनस्थल र रिट्रिटका लागि पाहुनाहरू जाने स्थलसम्मका सडक सजाइदैछ। उक्त मार्गमा सातवटै सदस्य राष्ट्र प्रमुख र कार्यकारी प्रमुखका फोटो राखिएका स्वागतद्वारहरू निर्माण गरिएको छ। 

सडकमा रहेका खाल्डाखुल्टी पुर्ने र सडक पेटी पेन्टिङ गर्ने कार्यलाई पनि तीव्र पारिएको छ। काठमाडौं विभिन्न स्थानमा बिमस्टेक सदस्य राष्ट्रहरूका झन्डा फर्फराइएका छन् भने कतिपय ठाउँमा अझै राख्ने क्रम जारी रहेको छ।

संविधान निर्माण र दुई तिहाई बहुमतको सरकार गठन भएपछि हुन लागेको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलनलाई भव्य बनाउनका लागि प्रधानमन्त्रीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ भने अन्य विषयगत समितिहरू पनि गठन गरिएका छन्। 

बिम्स्टेक शिखर सम्मेलनका लागि पर्सिदेखि सरकार प्रमुख वा राष्ट्रप्रमुख नेपाल आउने भएका छन्। त्यसअघि सातवटै देशका परराष्ट्रमन्त्री स्तरीय र उच्च अधिकारी स्तरीय गरी छुट्टाछुट्टै बैठक बस्ने कार्यतालिका रहेको छ।

सम्बन्धित समाचार: 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.