|
फाइल फोटो

पोखरा : गोरखाको सामागाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते डोल्मा आनीको उद्धार गरी काठमाडौंस्थित मेडिसिटी हस्पिटल पुर्‍याइएको छ। अल्टिच्युड एयरको हेलिकोप्टर शनिबार नुवाकोटको मेघाङ गाउँपालिका ४ मा दुर्घटना हुँदा हेलिकोप्टरमा सवार अन्य ६ जनाको मृत्यु भएको छ।

सामागाउँबाट उडेको उक्त हेलिकोप्टरमा पाँच जना नेपाली, एक जापानी र पाइलट निश्चल केसी सवार रहेको नुवाकोट जिल्ला प्रशासनले पुष्टी गरेको छ। उक्त दुर्घटनामा आनीमात्रै जीवित भेटिएकी थिइन्। उनको उद्धार गरी मेडिसिटी हस्पिटल पुर्‍याइएको नुवाकोटका प्रमुख जिल्ला अधिकार उद्धवबहादुर थापाले बताएका छन्।

हेलिकोप्टरमा मृत्यु हुनेहरूमा गोरखाको चुमनुब्री गाउँपालिकास्थित ल्हो गाउँकी आनी डोल्मा, चुमनुब्री १  साम्दोका छेवाङ नुर्बु, सिन्धुपाल्चोकका सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कामात्सु, रामेछापका दिल्ली बहादुर गुरुङ, दोलखाका हिरा शेर्पा रहेका छन्।

सम्बन्धित समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.