|

संखुवासभा : चैनपुर–बाह्रविसे सडकअन्तर्गतको हेवा खोलाको झोलुङ्गे पुल निर्माण पूरा गर्नुपर्ने निर्धारित समय एक महिना मात्र बाँकी छ। तर निर्माण थालेको दुई वर्ष बित्नलाग्दा समेत काम ठप्प छ।

सडक विभाग र ठेकेदार कम्पनी पुष्पान्जी कन्ट्रक्सन प्रालिको लापरवाहीले पुल निर्माणले गति लिन नसकेको हो। चार करोड ५८ लाखको लागतमा निर्माण हुन लागेको पुल २०७३ साल भदौमा काम सुरु गरेर २०७५ असोजसम्ममा निर्माण गरिसक्नु पर्ने थियो। ठेकेदार कम्पनीले पहिलो वर्ष फाउन्डेसन खन्दा चट्टान भएको बहाना बनाउँदै  काम स्थगन गरेको थियो।

हेवा खोलामा झोलुङ्गे पुल नहुदाँ  पाँचखपन नगरपालिका र सभापोखरी गाँउपालिका जाने यात्रुहरु बाँसको अस्थायी पुल (फड्के) मार्फत असुक्षित यात्रा गर्नु परेको छ। वर्षायाममा खोलामा पानीमा बहाब बढेसँगै कुनै पनि सवारी सधान नचल्ने अवस्था भएको पाँचखपन नगरपालिका ८ का वडाध्यक्ष छत्र न्यापानेले बताए। खोलामा झोलुङ्गे पुलसमेत नहुँदा पुलमा प्रयोग गरिएका बाँस र काठ पनि पुरानो मक्किइसकेको उनको भनाइ छ।  

पुलबाटै बाह्रै महिना यात्रा गर्नु पर्ने भए पनि वर्षायाममा  पानीको बहाव बढेपछि  बगाएर लैजाने गरेको छ। पुष्पान्जी कन्ट्रक्सन काम नगरेपछि  तत्काल ठेकेदार कम्पनीलाई कारबाहीको माग  राख्दा सडक डिभिजन कार्यालयका एक इन्जिनियरले ठेकेदारको बचाउ गर्दै समय थपेर काम लगाउनु पर्नेे धारणा राखेको वडाध्यक्ष न्यौपानेले बताए। 

सडक डिभिजन कार्यालय तुम्लिङटारका इन्जिनियर त्रिलोकनाथ घिमिरेका अनुसार पुल निर्माण  जिम्मा पाएको ठेकेदार कम्पनीले  समय भन्दा ढिला काम सुरु गरेको बताए। उनले भने पहिलो वर्ष फाउन्डेसन खन्दा चटान भेटिएकाले डिजाइन परिवर्तन गरेर गत वैशाखमा खनेको नयाँ पिलरको फाउन्डेसन पनि बाढीले पुरेकाले काम स्थगित भएको बताए।

तर वडाध्यक्ष छत्र न्यौपानेले त्यसको ठाडै अस्वीकार गरे पहिलो वर्ष खनेको फाउन्डेसन बाढीले बगाएपछि अर्को पटक काम सुचारु नगरिएको दाबी गरे। पुलको उद्घाटन पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्काले गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.