|

काठमाडौं : महानगरीय प्रहरी प्रभाग सानोठिमीका प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक (सई) ज्योती विष्ट पक्राउ परेका छन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार साझ पक्राउ गरेको अख्तियारका प्रवक्ता सह–सचिव रामेश्वर दंगालले जानकारी दिए।

आयोगले गत शनिवार काठमाडौंको काँडाघारी र कोटेश्वरमा अप्रेशन गरेर ९ जना प्रहरी कर्मचारीलाई नियन्त्रणमा लिएको थियो। उनीहरुको वयानका आधारमा सई बिष्टलाई नियन्त्रणमा लिइएइको आयोगले जनाएको छ।

उनीहरुले मनोहरा खोलाको बालुवा निकासीका लागि बालुवा बेचविखन गर्ने ब्यवसायीलबाट घुस लिएको थिए। हाल कोटेश्वर, काँडाघारी र सानोठिमी प्रभागको प्रहरी युनिटनै परिवर्तन गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.