|

कञ्चनपुर : निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणलाई लिएर नेपाल विद्यार्थी संघले मंगलवार कञ्चनपुर बन्द गरेका छन्। बजार, शैक्षिक संस्था, उद्योग, वित्तीय संस्थाहरु बन्द रहेका छन्। 

हत्यारा पत्ता लगाई दोषीलाई कारबाही गर्न माग गर्दै बन्द गरिएको नेवि संघ कञ्चनपुरका क्षेत्रीय सभापति नरेन्द्र भट्टले बताए। विद्यार्थीहरुले भीमदत्तनगर बजार र झलारी बजार क्षेत्रमा प्रदर्शन गर्नुका साथै ठाउँठाउँमा टायर बालेर सडक अबरुद्ध पारेका छन्। बन्दले दसैंलगायतका चाडपर्वका लागि भारतबाट घर फर्केका दर्जनौं यात्रुहरु भीमदत्तनगर बसपार्कमा अलपत्र परेका छन्।

बन्दमा एम्बुलेन्स, शववाहन, प्रेसलगायतका गाडीहरुलाई निर्वाध सञ्चालन गर्न दिएको नेवि संघले जनाएको छ। सरकारले वास्तविक हत्यारा लुकाउन खोजेर घटनालाई ढाकछोप गर्न थालेपछि पुनः आन्दोलनमा उत्रिनु परेको नेपाल विद्यार्थी संघका जिल्ला संयोजक गणेश भट्टले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.