|

धनगढी : पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत गोदावरी नगरपालिकाको अत्तरियामा बिहीबार दिउँसो बस र मोटरसाइकल ठाेकिँदा दुई जनाको मृत्यु भएको छ। 
दुर्घटनामा गोदावरी नगरपालिका ६ का मोटरसाइकल चालक २८ वर्षीय हेमन्त साउद र त्यसमा सवार सोही ठाउँका २६ वर्षीय विक्रम खड्काको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। 

दुर्घटना लगत्तै दुवै जनालाई पदमा अस्पतालमा सामान्य उपचारपछि भारतको वरेली लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै जनाको शव पोष्टमार्टमका लागि सेती अञ्चल अस्पताल ल्याइएको छ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ५ ख ८०४९ नम्वरको बस र विपरीत दिशाबाट जाँदै गरेको से ५ प ७५३६ नम्वरको पल्सर मोटरसाइकल वन खेतमा एकआपसमा ठोकिँएको हो। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.