इलाम : सूर्योदय नगरपालिकाका नाममा अन्तरिम आदेश जारी गर्दै उच्च अदालत बिराटनगर इलाम इजालसले तत्काल मेची राजमार्गको सडक क्षेत्र बिस्तार नग...

घोराही : घोराही उपमहानगरपालिकाले बिरामी खसी बेच्ने र काट्नेलाई शुक्रबार जरिवाना गरेको छ।
उपमहानगरपालिका-१५ बिपीचोक नजिकैबाट बिहान बिरामी खसी बेच्ने शंकर चौधरी र काट्नका लागि खरिद गर्ने सस्लाम कुरैसीलाई जनही एक/ एक हजार जरिवाना गरिएको हो। उपमहानगरको बजार व्यवस्थापन कार्यविधि २०७४ बमोजिम चौधरी र कुरैसीलाई जरिवाना गरिएको जनाइएको छ।
खसी बोक्ने टेम्पो चालक दलबहादुर विश्वकर्मालाई भने पहिलो पटक भन्दै सचेत गराइएको छ। उपमहानरगरपालिका-१४ का वडाध्यक्ष शक्तिराम डाँगीको संयोजनमा वडा सदस्य, उद्योग वाणिज्य संघ, जिल्ला ट्राफिक प्रहरी कार्यालय, वडा प्रहरी र टेम्पो व्यवसायीका प्रतिनिधिको छलफलबाट दुवै जनालाई जरिवाना गरिएको हो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।