|

दाङ : आफ्नै भवन नहुँदा यहाँका केही सरकारी कार्यालयहरुले भाडाको भवनवाट सेवा दिँदै आएका छन्। तर कृषि विकास बैंक तुलसीपुर शाखा भने आफ्नै भवन हुँदा हुँदै १० वर्षदेखि भाडाको भवनमा कार्यालय सञ्चालन गर्दै आएको छ।

तुलसीपुर उपमहानगरपालिका–६ हात्तीखौवा चोक नजिक रहेको १५ कठ्ठा जमिनमा रहेको आफ्नै भवन छाडेर कृषि विकास बैंकले सोही वडामा रहेको उच्च अदालत नजिकको घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको छ। त्यस भवनमा कार्यालय सञ्चालन गरे बापत बैंकले मासिक ६७ हजार रुपैयाँ भाडा तिर्दै आएको बैंकका प्रबन्धक नेत्रबुड थापाले जानकारी दिए। 

शाखा प्रबन्धक थापाका अनुसार कारोबार, आवश्यक सुरक्षा र केन्द्र भएकाले भाडाका भवनमा बैंक राखिएको हो। केन्द्रले निर्देशन दिए जुन कुनै अवस्थामा पनि आफ्नै भवनबाट सेवा दिन सकिने थापाको भनाइ छ। केन्द्र र क्षेत्रीय कार्यालयसँग यहाँको अवस्थाबारे जानकारी गराएको उनले बताए। 

बैंकको नाममा रहेको जमिन र भवन सुनसान रहेको छ। कुनै प्रयोजनका लागि प्रयोगमा आएको छैन। तर, बैंकले प्रत्येक दुई÷दुई वर्षमा दश प्रतिशत घरभाडा बढाउने सम्झौता नवीकरण गर्दै बैंकले दश वर्षदेखि उक्त भवन प्रयोग गर्दै आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.