|
प्रतीकात्मक तस्वीर

रौतहट : रौतहट बौधिमाईमा करेन्ट लागेर आइतबार एक जनाको ज्यान गएको छ। जिल्लाको बौधिमाई नगरपालिका १ बौधिटोलस्थित टेन्टको काम गर्ने क्रममा राजपुर नगरपालिका १ फरहदवा बस्ने वर्ष ५० का गिरिधारी साहको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ।

सांस्कृतिक कार्यक्रमका लागि जरनेटरको तार जोड्न हाइटेन्सन भोल्टको तारमाथिबाट तार फाल्ने क्रममा साहलाई करेन्ट लागेको हो। करेन्ट लागेर गम्भीर घाइते भएका साहलाई उपचारको लागि गौर अस्पताल गौरमा लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। मृतकको शव पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.