|

भद्रपुर (झापा) : सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा दिने नक्कली परीक्षार्थीसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ११ निवासी ३४ वर्षीय वालकुमार राई र बिर्तामोड नगरपालिका २ निवासी २३ वर्षीय विवश अधिकारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए। प्रहरीका अनुसार मेची यातायात व्यवस्था कार्यालय बिर्तामोडले बुधबार लिएको सवारी चालकको ट्रायल परीक्षामा अधिकारीको नाममा राईले ट्रायल परीक्षा दिँदादिँदै उनीहरू दुवैलाई घटनास्थलबाटै पक्राउ गरिएको हो।

अधिकारीको नाममा राईले 'बी' वर्ग अर्थात् कार, जीप, भेनका लागि ट्रायल दिएका थिए। ट्रयाल दिन प्रयोग गरेको बा १७ च ३११२ नम्बरको कारसमेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। यता पक्राउ परेका दुवैजनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोड पठाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.