|

रुसले सिमानामा रहेको युक्रेनी प्रायद्वीपबाट युक्रेनको जलसेनाको तीन वटा पानीजहाज कब्जामा लिएको छ। दुई देशबीचको तनाव बढिरहेका बेला रुसले सिमानाबाट ३ जहाज कब्जामा लिएको हो।

रुसको सेनाले पहिले उक्त जहाजमा गोलाबारी गरेको र पछि कब्जामा लिएको हो। गोलाबारीमा केही युक्रेनी जलसेना घाइते भएका बीबीसीले लेखेको छ। युक्रेनी जलसेनाको जहाजविना अनुमति आफ्नो क्षेत्रमा प्रवेश गरेकाले कब्जामा लिएको दाबी गरेको छ भने युक्रेनले घटनामा रुस दोषी रहेको जिकिर गरेको छ।

यसअघि अजोभ सागरमा पहुँचका लागि एकमात्र प्रवेशद्वार केर्च स्ट्रेटमा रुसले एउटा ट्याङ्कर जहाज राखेको दुबै देशले उक्त जहाजलाई प्रयोग गर्दै आएका थिए। यसैबीच युक्रेनका राष्ट्रपति पेट्रो पोरोसेन्कोले राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्को बैठकमा रुसको उक्त कदमलाई पागलपनको संज्ञा दिएका समाचार संस्था रोयटर्सले लेखेको छ।

विवाद समाधानका लागि रुसले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाउन माग गरेको छ। राष्ट्रसंघका अमेरिकी राजदूत निक्की हेलीले नेपाली समय अनुसार सोमबार राति पौने १० बजे बैठक बोलाएको समाचारमा उल्लेख छ। आजै युक्रेनको संसदमा पनि मार्सल कानुनमाथि निर्णायक मतदानको तयारी छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.