|

बझाङ : बझाङ प्रहरीले २ केजी ४८० ग्राम लागुऔषध चरेससहित स्थानीय एक युवकलाई पक्राउ गरेको छ। लुकीछिपी चरेस ओसार पसार गर्ने क्रममा बुंगल नगरपालिका ४ हाल कैलाली को खानीडाडा बस्ने ३२ वर्षीय जयबहादुर धामीलाई प्रहरीले पक्राउ गरेको हो।

चरेस ओसारपसार भइरहेको विषेश सूचनाको आधारमा बुंगल नगरपालिका ३ मा रहेको बिजगडा प्रहरी बिटबाट खटेको प्रहरी नायव निरीक्षक नैनसिंह भाटको प्रहरी टोलीले चरेससहित युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक प्रवीण धितालले जानकारी दिएका छन्।

बुंगल नगरपालिकाको बिजगडाबाट (रोयल इन्फाइड) नम्बर प्लेट नभएको मोटरसाइकलमा चरेस लुकाइछिपाइ कैलाली लाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको जानकारी प्राप्त भएको छ। चरेससहित मोटरसाइकलमा सवार दुई जनामध्ये चालक फारर भएका छन्। उनको खाजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। चरेससँगै मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। चरेससहित पक्राउ परेका धामीलाई लागुऔषध ओसारपसार ऐनअन्तर्गत कार्वाही हुने प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.