|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनदेखि आन्दोलनमा उत्रिएका सरकारी चिकित्सक संघ तथा हेल्थ असिस्टेन्ट संघसँग वार्ता गर्न तीन सदस्यीय वार्ता टोली गठन गरेको छ।

आइतबार उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेका हुन्। टोलीका अन्य सदस्यमा कर्मचारी प्रशासन महाशाखा प्रमुख जनार्दन गुरागाई र समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठ छन्।

सरकारले वार्ता टोली गठन गरे सँगै सोमबार आन्दोनरत पक्षलाई वार्तामा बोलाएको छ। सोमबार विहान १० बजे सरकारी चिकित्सक संघ र दिउसो १२ बजे स्वास्थ्य सहायकलाई मन्त्रालयले वार्तामा बोलाएको छ। कर्मचारी समायोजनमा आफूहरूलाई विभेद भएको भन्दै केही दिनदेखि सरकारी चिकित्सक संघ र हेल्थ सहायकले छुट्टा छुट्टै तरिकारले आन्दोलन गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.