|

काठमाडौंः नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई अनिवार्य रुपमा चार्टर्ड एकाउन्टेन्ट राख्न सचेत गराएको छ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सबै बैंक तथा वित्तिय संस्थाहरुलाई चार्टर्ड एकाउन्टेन्ट राख्न सचेत गराए। सोमबार काठमाडौंमा आयोजित चार्टर्ड एकाउन्टेन्टहरुको सम्मेलनमा बोल्दै उनले बैंक तथा वित्तिय संस्थाहरुलाई पारदर्शी बनाउन पनि चार्टर्ड एकाउन्टेन्टहरुको नियुक्ती हुनैपर्ने पनि स्पष्ट पारे।

चार्टर्ड एकाउन्टेन्ट नराख्ने वित्तिय संघ, संस्थाहरु पारदर्शी नहुने उनको भनाइ थियो। गभर्नर नेपालले नेपाल राष्ट्र बैंकले मुलुकको आवश्यक्तालाई ध्यानमा राखेर थप एक दर्जन चार्टर्ड एकान्टेन्ट तत्काल नियुक्त गर्ने घोषणा पनि गरे।

गभर्नर नेपालले मुलुकमा चार्टर्ड एकाउन्टेन्टहरुको माग बढ्दै गएको दाबी पनि गरे।  मुलुकमा आर्थिक क्रियाकलाप बढ्न थालेको र त्योसँगै चार्टर्ड एकाउन्टेन्टहरुको माग पनि बढ्दै जाने उनको भनाइ थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.