|

पर्वत : सुख्खा पहिरोका कारण मुस्ताङको घरापजोङ गाउँपालिका १ मा थुनिएको कालीगण्डकीको बहाब सामान्य अवस्थामा फर्किएको छ।

भूकम्प र गएको असार महिनामा पहिरोका कारण चर्किएर खस्ने अवस्थामा रहेको नदी किनारको भागमा मंगलबार राति भएको भारी हिमपातका कारण नदीमा खस्दा नदी थुनिएको थियो। बुधबार बिहानै नदी थुनिएको खबर पाएलगत्तै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयको प्रयासमा खुलाइएको मुस्ताङका निमित्त प्रमुख जिल्ला अधिकारी विशेश्वर रेग्मीले जानकारी दिए।

दुईवटा रुख कालीगण्डकी नदीमा तेर्सो पर्नुका साथै र सुख्खा पहिरोको माटोले थुनिएको नदीलाई एक्जाभेटरको प्रयोग गरेर खुलाइएको हो। सानो पहिरोले नदीको बहावमा सामान्य बदली मात्रै आएका कारण नदी थुनिएको समयमा पनि तटीय क्षेत्रमा कुनै जोखिम नरहेको निमित्त प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए।


सम्बन्धित समाचार

मुस्ताङमा सुख्खा पहिरो, कालीगण्डकी आंशिक बन्द 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.