|

बागलुङ : बागलुङका विभिन्न ठाउँमा रहेका निजी दूरसञ्चार प्रदायक कम्पनी एनसेएलका टावरहरूमा बिहीबार राति अज्ञात समूहले आगजनी गरेको छ। बागलुङ नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका ८ काँडेवाँस र निसीखोला गाउँपालिका ७ राजकुतमा रहेको एनसेयलको टावरमा आगजनी भएको हो। आगजनीबाट टावरमा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

एनसेएल टावरमा कसले किन आगजनी गरेको भन्ने विषयमा कुनै जानकारी नभएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक चिरञ्जीवि कोइरालाले बताए। टावरमा आगजनी भएको देखेपछि स्थानीयले गरेको खवरका आधारमा घटनास्थलमा पुगेको उनले बताए। आगजनी भएका टावरहरूमा एनसेयलले पनि कर्मचारी खटाएर मर्मतको काम थालिसकेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.