|

लहान : सप्तरीको पूर्वी सीमाको रुपमा रहेको हनुमाननगर कंकालिनी नगरपालिका–१ मा पर्ने कोसी ब्यारेजदेखि दक्षिणमा रहेको बगरमा युवतीको शव फेला परेको छ। 

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार ब्यारेजदेखि करिब ८०० मिटर दक्षिण सप्तकोसी बगरमा करिब २० वर्षीया युवतीको शव फेला परेको हो। नदीले बगाएर ल्याएको शव आइतबार अपराह्न भेटिएको हो। पहाडी मूलकी युवतीको कम्मरदेखि तलको भाग पानीमा डुबेको र माथिल्लो भाग बालुवामा थियो। 

युवतीको उचाइ चार फिट ११ इञ्च, कालो कपाल, गहुँगोरी, घाँटीमा सुन जस्तो देखिने पहेंलो धातुको सिक्री छ। शव राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल ल्याइएको छ। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ। 

साइकलबाट लडेर मृत्यु 

अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ बकधुवा घर भएका करिब २९ वर्षीय डिल्लीराम अर्यालको साइकलबाट लडेर मृत्यु भएको छ। 

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी साइकल चलाएका अर्याल साइकल चढेर घर जाने क्रममा गाउँनजिकै रहेको पुलमा ठोक्किंदा लडेर घाइते भएका थिए। उनको स्थानीय धर्मेश्वर अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल पुर्याइएको थियो। त्यहाँ पनि उपचार सम्भव नहुँदा विराटनगरस्थित नोवेल अस्पतालमा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.