|

हुम्ला : सरकारले हरेक वर्ष लिँदै आएको एसइई परीक्षामा ब्रेललिपिका माध्यमबाट अध्ययन गरेका विद्यार्थीलाई स्वतस्फूर्त परीक्षा दिनबाट समस्या बनाएको छ। प्राथामिक तहदेखि माध्यमिक तहसम्म अधिकांश दृष्टिविहीन ब्रेललिपिबाटै अध्ययन गरेका विद्यार्थीलाई सरकारले लिँदै आएको एसइई परीक्षामा ब्रेललिपि र कम्प्युटरबाट परीक्षा दिने व्यवस्था नहुँदा सहयोगीको भरमा परीक्षा दिनु परेको छ। 

हुम्लाको मानसराेवर माविमा रहेको परीक्षा केन्द्रमा २ जान ब्रेललिपिबाटै अध्ययन गरेका परीक्षार्थीले परीक्षा दिइरहेको परीक्षा केन्द्र अध्यक्ष अमबहादुर शाहीले बताए। लामो समयदेखि ब्रेललिपि माध्यमबाटै अध्यापन गराउँदै आएको हिमाली शिक्षा र विकास (हेड नेपाल) नामक संस्थाका कार्यकारी  निर्देशक छिटुप लामाले अहिलेसम्म ८ जनाले परीक्षा दिएको तर अर्काको भरमा परीक्षामा पास हुनु परेको बताए।

आफैंले संचालन गरेको ब्रेललिपिका माध्यमबाट अध्ययन गरेका विद्यार्थीले परीक्षा दिँदा परीक्षा दिने अर्का सहयोगी राख्दा आफूले अध्ययन गरेको जस्ता महसुस नभएको र राम्रो अंक समेत ल्याउन नसकिएको गुनासो विद्यार्थीले गरेको बताए। हरेक वर्ष हेड नेपाल नामक संस्थाले दृष्टिविहीन र सुस्त मनिस्थिति बालवालिकालाई एसइई परीक्षा दिँदै आएकोले अहिलेसम्म ब्रेललिपि र कम्प्युटरबाट परीक्षा दिने सरकारले व्यबस्था नगरेकोे निर्देशक लामाले बताए। 

शारीरिक रुपले अपांग भइकन पनि शिक्षा लिन र शिक्षित बन्न कुनै पनि व्यक्ति नछुटोस् भन्ने उद्देश्यले अपांग सामाहित शिक्षाको सुरुवात  भएको हेड नेपालका कार्यक्रम परियोजना अधिकृत निर्मल बिष्टले बताए। हुम्लामा तिन दर्जन विद्यार्थीबाट अध्यापन गराउन सुरु गरिएको समाहित शिक्षा अन्तर्गत दृष्टिविहीनबाहेक सुस्त श्रवण र बौद्धिक अपांगता भएका विद्यार्थीले अध्ययन गर्दै आएको बताए। 

कर्णाली प्रदेशमै कम परीक्षा दिने विद्यार्थीको संख्याको तथ्यांक सार्वजनिक भइरहेका वेला हुम्ला जिल्लामा भने जिल्लाकै गत वर्ष भन्दा यस वर्षमा परीक्षा दिनको संख्या बढेको जिल्ला शिक्षा समन्वय इकाई समितिका प्रमुख बर्ख फडेराले बताए। हुम्लामा ६ वटा परीक्षा केन्द्रबाट ९८८ जना परीक्षार्थिमा ९५३ जान परीक्षार्थीले परीक्षा दिएका छन्। जसमा २ जना दृष्टिविहीन विद्यार्थी पनि परीक्षामा सहभागी भएका छन्।

सदरमुकाम सिमकोटमै रहेको बालमन्दिर माविमा अध्यायन गरेकी रीता बुमी र प्यारिलाल ऐडीले मानसरोवर माविमा रहेको परीक्षा केन्द्रबाटै परीक्षा दिएका छन्।ब्रेललिपिका माध्यमबाट अध्ययन गरेको एसइई दिने परीक्षामा सामान्य विद्यार्थीसँग बसेर परीक्षा दिन धेरै समस्या भएको दृष्टिविहीन रीताले बताइन्।

 ब्रेललिपि र कम्प्युटरको माध्यमबाट परीक्षा दिने व्यवस्था सरकारले नगरेकै कारणले परीक्षा दिने विद्यार्थी अर्काको भरमा पास हुनु परेको बताए।

सरकारले अहिलेसम्म ब्रेललिपिबाट अध्ययन गरेका विद्यार्थीलाई परीक्षा ब्रेललिपि र कम्प्युटरको माध्यमबाट संचालन नहुँदा समस्या भोग्नु परेको छ। यो समस्या हुम्लामा नभई नेपालभरि यसको व्यवस्था नहुँदा ब्रेललिपिबाटै अध्ययन गर्ने विद्यार्थीलाई समस्या परेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.