|

काठमाडौं : सडक धुलोमुक्त बनाउन मंगलबारदेखि काठमाडौं महानगरपालिकाकाले पाँच वटा ब्रुमर संचालन गरेको छ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी काठमाडौंको सडक धुलोमुक्त बनाउन इटालीबाट खरिद गरिएको नयाँ प्रविधिको पाँच वटा ब्रुमर संचालन कार्यको शुभारम्भ गरेका हुन।

कार्यक्रममा प्रमुख शाक्यले काठमाडौंको सडकलाई धुलोमुक्त बनाउन सबैलाई साथ र सहयोग अपिल गरेका थिए। प्रमुख शाक्यले काठमाडौंको सडक धुलो र हिलोमुक्त बनाउन सडक विभाग, मेलम्ची खानेपानी आयोजना, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र वडा कार्यालयहरूसँग सहकार्य गरेर अघि बढने निर्णय गरिएको पनि जानकारी दिए।

१०७ किलोवाट क्षमता रहेको सो ब्रुमर सात लाख ६२ हजार ४७० युरोमा इटालीबाट खरिद गरिएको हो। त्यसमा रहेको ४ वटा ब्रसले सडकको धुलोलाई सफा गर्नेछ। ती पाँच वटा ब्रुमर तत्कालका लागि रातिको समयमा ८ घण्टा संचालन गरिनेछ।

काठमाडौंको टेकुबाट ब्रुमर ५ वटा रुट भएर संचालन गरिनेछ।

रुट नम्बर एक अन्तरगत टेकुबाट सूरु हुँदै सोल्टीमोड, टेकु, त्रिपुरेश्वर, सुन्धरा, नयाँ सडक, महांकाल, जमल, लाजिम्पाट, शितल निवास, शिक्षण अस्पताल, महाराजगंज हुँदै जमल, घण्टाघर भद्रकाली हुँदै सुन्धारासम्म बु्रमर संचालन गरिनेछ।

त्यसैगरी रुट नम्बर २ अन्तरगत टेकुबाट सिंहदरबार, पुतलीसडक, कमलादी, बालुवाटारलगायतका स्थानमा बु्रमर संचालन गरिनेछ।

रुट नम्बर ३ अन्तरगत टेकूबाट कमल पोखरी, ज्ञानेश्वर, मैतीदेवी, पुरानो बानेश्वर, गौशाला, एयरपोर्ट, सिनामंगल, चावहिल रहेका छन।

रुट नम्बर ४ अन्तरगत गौशला, बत्तिसपुतली, पुरानो बानेश्वर, मैतीदेवीलगायतका स्थापनमा बु्रमर संचालन हुनेछ।

रुट नम्बर ५  अन्तरगत टेकुबाट कलंकी, सितापाईला, बालाजु, ठमेललगायतका स्थापनामा पनि ब्रुमर संचालन हुने काठमाडौं महानगरपालिकाकाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.