अर्थ

ठूला करदाता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च पुग्‍यो एनसेल
SHARES

बैशाख ९, २०७६

    काठमाडौं : ठूला करदाता कार्यालायले वैशाख ३ गते गरेको निर्णयविरुद्ध एनसेलले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ। कार्यालयले काटेको पत्र नै संविधानबोमोजिम नभएको भन्दै एनसेलका एक अधिकृतले सर्वोच्चमा मुद्दा दायर गरेको सर्वोच्चका संचार अधिकृत किशोर पौडेलले जानकारी गराए।

     वैशाख ३ गते ठूला करदाताका कार्यालयले ६२ अर्ब कर निर्धारण गर्दै बाँकी ३९ अर्ब कर तिर्न एक साताको समय दिएको थियो। ठूला करदाता कार्यालयको संशोधित निर्णयले अधिक कर निर्धारण गरेको एनसेलको दाबी रहेको छ। 

    एनसेलले कार्यालयको निर्णय यसअघि सर्वोच्च अदालतको फैसला बोमोजिम नभएको भन्दै पत्र र ठूला करदाता कार्यालयको निर्णयसमेत बदरको माग गरेको छ। आयकर ऐन २०५८ को दफा ९९ बोमोजिम निर्धारण गर्नु पर्नेमा १०१ दफा लगाएर १०२ दफा अनुसार निर्णय गरेको भन्दै एनसेलले खारेजिको माग गरेको छ। 

    वैशाख ३ गते कार्यालयले एनसेलले तिर्नुपर्ने बाँकी पुँजीगत लाभकर ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ निर्धारण गरेको थियो।

    केछ दफा ९९, १०१ र १०२ मा

    सम्वन्धित समचार

भागवत भट्टराई

भागवत भट्टराई आर्थिक र समसामायिक विषयमा रिपोर्टिङ गर्छन्। 

@BhagwatBhattrai

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]