समाज

७५३ वटै स्थानीय तहलाई कर्मचारीको रिक्त दरबन्दी पठाउन परिपत्र
SHARES

बैशाख ११, २०७६

    काठमाडौं : सरकारले देशभरका ७५३ वटै स्थानीय तहमा कर्मचारीहरूको रिक्त दरबन्दीको माग फारम पठाउन परिपत्र गरेको छ। कर्मचारी समायोजनबाट पनि पदपूर्ति हुन नसकी पद रिक्त रही स्थानीय तहहरूमा सेवाग्राहीहरूले सेवा नपाएको गुनासो बढेको भन्दै रिक्त पदहरूको जानकारी पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार परिपत्र जारी गरेको हो।   

    विगतमा पनि कर्मचारीका लागि मागफाराम भरेर पठाएका स्थानीय तहहरूले पनि यो परिपत्र प्राप्त भएसँगै पुन: माग फाराम भरेर पठाउन पनि पत्रमा भनिएको छ।

    सरकारले यसअघि संघ, प्रदेश र स्थानीय तहमा कर्मचारीहरूको समायोजन गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]