|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र सीता दाहालले विवाहको ५०औँ वर्षगाँठ मनाएका छन्।

अध्यक्ष प्रचण्ड र सीताले विवाह गरेको ५० वर्ष पुगेको अवसरमा बिहीबार एक समारोह आयोजन गरेका हुन।

ललितपुरमा अध्यक्ष प्रचण्डकी छोरी तथा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल र स्वीकय सचिव गंगा दाहालले एक समारोह आयोजन गरेका थिए।

कार्यक्रममा अध्यक्ष प्रचण्ड र सीता दुलाहा दुहली झैं सिंगारिएका थिए। उनीहरूले एक अर्कालाई माला लगाइदिएका थिए।

प्रचण्ड र सीताको ५० वर्ष पहिले विस २०२६ सालमा मागी विवाह भएको थियो। प्रचण्ड र सीता दुवैले १५ वर्षको उमेरमा विवाह गरेका थिए।

गत मंसिरमा एकमात्र छोरा प्रकाश दाहालको निधनपछि विछिप्त बनेकी पत्नी सीता दाहालको खुसीका लागि प्रचण्डले ५०औँ वर्षगाँठ मनाएको बताइएको छ।

पञ्जेबाजासमेत बजाइएको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, कार्यवाहक प्रधानमन्त्री इश्वर पोखरेल, उपप्रधानमन्त्री उपेन्द्र यादव नेकपाका सचिवालय सदस्यहरू माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापा, नेकपाका महासचिव विष्णु पौडेल, मन्त्रीहरू, समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपाका स्थायी कमिटी सदस्यहरू, केन्द्रीय समिटीका सदस्यहरू, पार्टी कार्यकर्ता र प्रचण्डका नातेदार लगायतको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.