|
प्रतीकात्मक तस्बिर

संखुवासभा : भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। भोजपुरको षडानन्द नगरपालिका–१ सोगुबोटेमा गत शनिबार एक वृद्धाको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा संखुवासभाको सभापोखरी गाउँपालिका-४ का बृद्धिमान तामाङ रहेका संखुवासभा प्रहरीले जनाएको छ। गत शनिबार दिँला बजारबाट डोकोमा किराना पसलको सामान बोकेर नेपालेडाँडा जाँदै गरेका तामाङ साँगुबोटे भीरबाट लडेर मृत्यु भएको हो। तामाङको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.