पर्वतको चुवामा जिप दुर्घटना चार घाइते

|

पर्वत : पर्वतको कुस्मा नगरपालिका ८ चुवामा भएको अनियन्त्रित भई जिप दुर्घटना हुँदा चारजना घाइते भएका छन्। 
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रवक्ता प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार घाईते हुनेहरुमा बागलुङको ढोरपाटन नगरपालिका ६ का ३१ वर्षीय धनबहादुर कामी (चालक), वडा नं. १ की ११ वर्षीया मोना बिक, वडा नं. ९ का ४६ वर्षीय सोनम गुरुङ र कास्कीको पोखरा उपमहानगरपालिका १७ का ३० वर्षीय अभिषेक काफ्ले छन्।

घाइतेमध्ये चालक कामीलाई केही बढी चोट लागेका कारण थप उपचारको लागि पोखरा पठाइएको छ भने अन्य ३ जनाको पर्वत अस्पतालमै उपचार भइरहेको छ।
बागलुङको ढोरपाटन नगरपालिकाको ग २ च ५९ ८१ नं. को जिप अनियन्त्रित भएर सडक छेउमा रहेको कल्भर्टमा ठोक्किँदा सडकमै उत्तानो परेर पल्टिँदा उनीहरू घाइते भएका हुन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक रामबहादुर भट्ट क्षेत्रीका अनुसार जीपमा ६ जना सवार रहेकोमा अरु २ जना भने सकुशल छन्। बागलुङबाट पोखराका लागि छुटेको उक्त जिप दुर्घटनामा पर्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.