|

विराटनगर : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले अनुगमनमा सक्रियता बढाएसँग पछिल्लो तीन वर्षमा विभिन्न उद्योगले उत्पादन गरेको खाद्य वस्तु गुणस्तरहिन भेटिने क्रम बढ्दै गएको छ।

प्रत्येक वर्ष अनुगमन गरि खाद्यले ल्याब परीक्षण गर्दा गुणस्तरहिन वस्तुको उत्पादन बढदै गएको देखिएको हो। गएको तीन वर्षमा खाद्यले १ हजार ५ सय ३२ वटा उद्योगले उत्पादन गरेको वस्तुको ल्याब परीक्षण गर्दा १ सय ७९ वटा उद्योगको उत्पादन गुणस्तरहिन भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले जनाएको छ।

खाद्यले आर्थिक वर्ष ०७४/०७५ मा ६ सय २५ वटा उद्योगले उत्पादन गरेको वस्तुको ल्याब परीक्षण गर्दा ८७ वटा उद्योगको उत्पादन गुणस्तरहिन फेला परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख प्रमोद कोइरालाले जानकारी दिए।

गुणस्तरहिन उत्पादन भेटिएको उद्योगलाई खाद्य ऐन २०२३ खाद्य नियमावलीबमोजिम प्रशासन कार्यालयमा मुद्दा पनि दर्ता गरेको कोइरालाले बताए। चालु आर्थिक वर्षमा मात्र २७ वटा उद्योगविरुद्ध मुद्दा दर्ता भएको खाद्यको अभिलेखमा देखिन्छ।

खाद्यले चालु आर्थिक वर्षमा विराटनगर–१३ मा रहेको श्री जल उद्योग, विराटनगर–४ स्थित गोमारानी उद्योग, विराटनगर– ६ को पूजा फुड एण्ड बेभरेज प्रालि, विराटनगर–१४ को जानसन जल उद्योग, विराटनगर–१० को मंगलम बेभरेज उद्योग विरूद्ध मुद्दा दर्ता गरेको हो।

यसैगरि विराटनगर–८  को शितलजल उद्योग, गंगा जल उद्योग, विराटनगर–२ को तिरूपति जल उद्योग, मोरङको बूढीगंगा– १ को शुभ जल उद्योग, विराटनगरको हाइकल वाटर ईन्डष्ट्रिज, विराटनगर–१२ को दिव्यश्री जल उद्योग, विराटनगर ९ को माउण्टेन वाटर ईन्टष्ट्रिज र एस.एस. एस. जल उद्योगविरुद्ध मुद्दा दर्ता गरेको हो।

खाद्यले २०७२/०७३ मा ३ सय ४ वटा उद्योगले उत्पादन गरेको वस्तुको ल्याबमा नमुना परीक्षण गर्दा ३२ वटा उद्योगको उत्पादन गुणस्तरहिन भएको देखिएको छ। अघिल्लो आर्थिक वर्षमा ६ सय ३ वटा उद्योगले उत्पादन गरेको वस्तुको नमुना ल्याबमा परिक्षण गर्दा ६० वटा उद्योगको उत्पादन गुणस्तरहिन भेटिएको हो।

गुणस्तर उत्पादन गर्ने उद्योग विरूद्ध प्रशानमा मुद्दा दायर गरिसकेको कार्यालयको भनाइ छ। गुणस्तरीय वस्तु उत्पादन गरि विक्री वितरण गरिएको पुष्टि भए खाद्य ऐन २०२३ खाद्य नियमवाली मुद्दामा ५ देखि १० हजार रुपैयाँ जरिवना वा  ५ महिनादेखि एक वर्षसम्मको कैद सजाय वा दुवै हुनसक्ने कानुनी व्यवस्था छ।

कार्यालय प्रमुख कोइरालाले कर्मचारीहरूले सक्रियता बढाएसँगै उद्योगहरूले गुणस्तरहिन वस्तुको उत्पादन गर्ने गरेको भेटिन थालेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.