घरभित्रै एकजनाको मृत्यु

|

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको एक दिन अगाडि काठमाडौँका दुई स्थानमा बम पड्किएको छ। 

अनामनगरेको घट्टेकुलो र सुकेधारामा सिलिन्डर बम विस्फोट भएको हो। घट्टेकुलो चोकबाट भित्रतर्फ एउटा एकतले घरमा बम पड्किएको हो।

स्थानीयबासीका अनुसार घट्टेकुलो चोकबाट भित्रको एक तले घरमा बम बनाउने क्रममा विस्फोट भएको हो। 

खाना पकाउने सिलिन्डरलाई बम बनाउने क्रममा पड्एिको अनुमान उनीहरुले गरेका हुन्। यहाँ भएको विस्फोटमा एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन्। 

मृतकको शव घर भित्रै छ भने घाइतेलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए। 

अहिले घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र जपथ प्रहरीको ठुलो टोली परिचालित भएका छन्। प्रहरीले पनि घट्टेकुलोमा बम बनाउँदा बनाउँदै विस्फोट भएको प्रारम्भिक अनुमान गरेको छ। 

सम्बन्धित समाचारः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.