|

काठमाडौं : प्रहरीले काठमाडौंको मित्रनगर नयाँ बसपार्कस्थित एक होटलबाट इटालियन अटोमेटिक पेस्तोलसहित तीनजनालाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिएसपी महेश थापा नेतृत्वको टोलीले गोङ्गबु मित्रनगरमा अवस्थित नेपाल तारा गेस्ट हाउसबाट इटालियन पिस्तोल र पाँच राउण्ड गोलीसहित तीन जनालाई पक्राउ गरेको हो । 

महानगरीय कार्यालय रानीपोखरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीका अनुसार पक्राउ परेका तीनैजनालाई थप कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा बुझाइएको छ । 

पक्राउ परेकाहरुमा नुवाकोटको लिखु गाउँपालिका ४ चौघाडा घर भएका २९ वर्षीय प्रितम राई, नुवाकोटकै लिखु गाउँपालिका ४ चौघाडा घर भएका ३७ वर्षीय रामकुमार राई र भारतको दार्जिलिङ घर भइ हाल काठमाडौँको टोखा बस्ने ३६ वर्षीय सविन खवास रहेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.