|

बाँके : बाँके जिल्ला खेलकुद विकास समितिको समन्वयमा राष्ट्रिय खेलकुद परिषदले राष्ट्रपति खेलकुद महिला सहभागिता अभिबृद्धि कार्यक्रमअन्तर्गत विभिन्न विद्यालयमा अध्ययनरत १५० जना छात्रालाई आत्मरक्षासम्बन्धी तालिम दिएको छ।

खेलकुदको माध्यमबाट महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न र खेलप्रति आकर्षण गर्न तालिम आयोजना गरिएको बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष आतंक बस्नेतले जानकारी दिए। ‘हिंसाबाट जोगिने उपायसँगै खेलकुदमा  छात्राको आकर्षण बढाउने उद्देश्य पनि एक हो’, उनले भने। 

महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न तालिम आयोजना गरिएको नेपाल सेल्फ डिफेन्ड संघका प्रमुख प्रशिक्षक सञ्जु महर्जनले बताइन्। उनले आक्रमणका क्रममा आफ्नो शरीरमा भएका अंग परिचालन गर्ने, आक्रमणबाट जोगिन नङ्, दाँत, खुट्टा, हात चलाउने विधि, ज्ञान तथा सीप प्रदान गरिएको बताइन्। 

आत्मरक्षासम्बन्धी तालिमबाट धेरै नयाँ तथा ब्यवहारिक ज्ञान पाएको सरस्वती मावि कक्षा ९ मा अध्ययनरत कृति थारुले बताइन्। उनले हिड्डुलका क्रममा वा घरमा बसेको बेला कसैले आक्रमण गरे त्यससबाट जोगिने उपाय सिकेको बताइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.