|

काठमाडौं: भारत सरकारले ५०० र १००० नोट बन्देज लगाउदै आफ्ना नागरिकसँग भएको पैसा साट्न दिएको समय सकिन अब १ दिन बाँकी छ।

गत ८ डिसेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५०० र १०००का भारु नोटमाथि बन्देज लगाउने घोषणा गरेका थिए। उनले ३० डिसेम्बरसम्म त्यस्ता नोट साट्नको लागि नागरिकलाई आग्रह गरेका थिए। सरकारको निर्णयसँगै भारतीय नागरिककले आफूँसँग भएको त्यस्तो पैसा साट्ने क्रम जारी छ। तर, नेपाली नागरिक र बैंकमा रहेको त्यस्तो पैसा साट्ने विषयमा भारत सरकारले चासो देखाएको छैन।

भारत सरकारको अहिलेसम्म पनि कुनै पनि प्रकारको प्रतिक्रिया नदिदाँ राष्ट्र बैंकका अधिकारीहरु अन्यौलमा छन्। नेपालीसँग भएको ५०० र १००० का नोट साटिने संभावना न्युन रहेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन्। 'आफ्नै नागरिकलाई दिएको समय सकिनै लाग्यो, अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन, नेपाली बैंक र नागरिकसँग रहेको पैसा साटिने संभावना कमै देखिन्छ,' नेपाल राष्ट्र बैंकका निर्देशक राजेन्द्र पण्डितले थाहाखबरलाई भने।

भारत सरकारले ५०० र १००० का नोट बन्देज गर्ने निर्णय गरेसँगै नेपाली नागरिक र बैंकमा रहेको त्यस्तो पैसा सटहीको सुनिश्‍चिताको लागि नेपालका प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरले भारतीय समकक्षीसँग आग्रह गरे। 

भारत सरकारले ५०० र १००० का नोट बन्देज गर्ने निर्णय गरेसँगै नेपाली नागरिक र बैंकमा रहेको त्यस्तो पैसा सटहीको सुनिश्‍चिताको लागि नेपालका प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरले भारतीय समकक्षीसँग आग्रह गरे। तर भारतले औपचारिक रुपमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। भारतीय केन्द्रिय बैंक रिजर्भ बैंकले नेपाली बैंकमा रहेको पैसा कति छ भन्‍ने विषयमा चासो राख्यो। रिजर्भ बैंकले देखाएको चासोमा नेपाल राष्ट्र बैंकले नेपाली बैंकमा रहेको पैसाको अध्ययन गरी रिजर्भ बैंकलाइ जानकारी गरायो। नेपाली बैंकमा त्यस्तो पैसा ३ करोड ६० लाख रुपैयाँ रहेछ।

नेपाली बैंकमा ३ करोड ६० लाख रुपैयाँ मात्रै रहेता पनि सामान्य सर्वसाधरण र व्यापारीसँग कति  रकम छ भन्‍ने यकिन तथ्यांक छैन। नेपाल उद्योग वाणिज्य महासंघले व्यापारी र नागरिकसँग १५ अर्ब रुपैयाँ भन्दा बढी यस्तो रकम रहेको प्रतिक्रिया दिएको छ।

नेपाल राष्ट्र बैंकले भारु सटही सुविधा मिलाउने सम्बन्धमा डेपुटी गभर्नर चिन्ताराज सिवाकोटीको संयोजकत्वमा समिति गठन समेत गरेको थियो। यो समितिले भारु सटहीका लागि भारत सरकारलाई डिक्लेरेशन फारम बुझाएपनि सो सम्बन्धमा कुनै प्रतिक्रिया नआएको नेपाल राष्ट्र बैंकका निर्देशक राजेन्द्र पण्डित बताउँछन्।

अब के हुन्छ?

नेपाल राष्ट्र बैंकका अधिकारीहरु भारतले सरकारले नेपालीसँग भएको पैसा नसाटीएमा बैंक र सर्वसाधरण स्वयंमले जोखिम उठाउनु पर्ने बताउछन्। 'पैसा साटिदैन भनेर रिजर्भ बैंकले भनिसकेको छैन, अहिलेसम्म कुनै संकेत नदिनुले हामी अन्योलमा परेका छौँ, यदी भारत सरकारले त्यस्तो पैसा साटिदिएन भने स्वयम् सर्वसाधरण र बैंकले नै जोखिम उठाउनुपर्छ,' राष्ट्र बैंक एक अधिकारीले थाहाखबरलाई बताए।

'भारत सरकारले साट्छ वा साट्दैन भन्‍ने आधार सर्वसाधरणले बुझ्ने कुरा हुदैन, तर सरकारले नागरिकसँग भएको बैधानिक त्यस्तो पैसा साट्नै पर्छ। 

अधिवक्ता गान्धी पण्डित भने नेपाली नागरिकसँग वा बैंकमा भएको त्यस्तो पैसा सरकारले साट्नै पर्ने तर्क गर्छन। 'भारत सरकारले साट्छ वा साट्दैन भन्‍ने आधार सर्वसाधरणले बुझ्ने कुरा हुदैन, तर सरकारले नागरिकसँग भएको वैधानिक त्यस्तो पैसा साट्नै पर्छ' पण्डितले थाहाखबरलाई बताए। सरकारको अनुमतिबाट नै नागरिकले त्यस्तो पैसा चलाएको हो कि सरकारले पैसा अवैधानिक भएको कारण देखाउन सक्नु पर्‍यो, हैन भने कुनै पनि बाहानामा पैसा साट्दिन भन्‍न मिल्दैन' पण्डितले सुनाए।

नेपालीसँग भएको पैसा नसाटिएको विषयमा नेपालले अन्तराष्ट्रिय मञ्चमा कुरा उठाउनु पर्ने अधिकारीहरु बताउँछन्।'यदि भारत सरकारले नेपालीसँग भएको ५०० र १००० को नोट नसाटेमा मद्रा कोष, विश्व बैंक लगायतका मञ्चमा सरकारले कुरा उठाउन सक्नु पर्छ। 

भारत सरकारले समेत नेपालीसँग भएको पैसा साट्दिन भन्‍न नमिल्ने पण्डितको तर्क छ। 'सम्बन्धित देशको स्वीकृती विना अर्को देशले उसको करेन्सी चलाउन मिल्दैन। स्वीकृती दिइसकेको कुरालाई पछि साट्दिन भन्‍न मिल्दैन,' उनले भने। नेपाल चेम्बर अफ कमर्शका महासचिव कमलेश अग्रवाल नेपालीसँग भएको पैसा नसाटिएको विषयमा नेपालले अन्तराष्ट्रिय मञ्चमा कुरा उठाउनु पर्ने बताउँछन्।'यदि भारत सरकारले नेपालीसँग भएको ५०० र १००० को नोट नसाटेमा मुद्रा कोष, विश्व बैंक लगायतका मञ्चमा सरकारले कुरा उठाउन सक्नुपर्छ' अग्रवालले थाहाखबरसँग भने।

 

आशा कायमै

राष्ट्र बैंकका अधिकारीहरुनै नेपालीसँग भएको त्यस्तो पंसा साटिने संभावना न्युन भएको प्रतिक्रिया दिइरहँदा सरोकारवालाहरु भने पैसा साटिन सक्ने बताउँछन्।

निरन्तर भारतीय अधिकारीहरुसँग सम्पर्क गरिरहेका छौं, सकरात्मक प्रतिक्रिया आएको छ

अर्थ मन्त्रालयका सल्लाहाकार पुण्डे प्रसाद रेग्मी मौखिक रुपमा सकरात्मक प्रतिक्रिया आएको बताउँछन्। उनी नेपालीसँग भएको पैसा साटिनेमा आशावादी छन्। 'हामीले निरन्तर भारतीय अधिकारीहरुसँग सम्पर्क गरिरहेका छौं, सकरात्मक प्रतिक्रिया आएको छ' रेग्मीले थाहाखबरलाई भने। 

नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष उपेन्द्र पौडेल नेपाली बैंकमा रहेको ३ करोड ६० लाख रुपैयाँ पैसा जोखिममा नपर्ने बताउछन्।'नेपाली बैंकमा कति छ पैसा भनेर रिजर्भ बैंकले जानकारी लिईसकेको छ, केही समय ढिला भएपनि बैंकमा रहेको पैसा साटिन्छ' पौडेलले थाहाखबरसँग भने। उनले सर्वसाधरणसँग भएको पैसाको विषयमा सरकार चनाखो हुनुपर्ने बताए। 'आफ्ना नागरिकलाई दिएको समय पनि सकिन लाग्यो नेपाली नागरिकसँग भएको पैसा साट्छ वा साट्दैन यस विषयमा राजनीतिक तहबाट पहल गर्नु पर्छ सरकार चनाखो बन्‍नुपर्ने आवश्‍यकता छ,' पौडेलले भने।

भारतीय नागरिकसँग भएको त्यस्तो पैसा उठाएसँगै नेपालीसँग भएको पैसाको विषयमा भारत सरकारले निर्णय लिन सक्छ

व्यवसायी कमलेश अग्रवाल नेपालीसँग भएको यस्तो पैसा साटिने आधार देख्छन्। 'नेपाल र भारत खुल्ला सिमा भएका राष्ट्रहरु हुन्। एकै पटक साट्दा पैसाको मिसम्याच हुन सक्छ भनेर भारत सरकारले केही ढिला गरेको हुन सक्छ' अग्रवालले थाहाबरलाई भने। 'भारतीय नागरिकसँग भएको त्यस्तो पैसा उठाएसँगै नेपालीसँग भएको पैसाको विषयमा भारत सरकारले निर्णय लिन सक्छ' अग्रवालले थपे।

चल्तिमा नरहेको पैसा यसरी आयो प्रयोगमा

नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरु ५०० र १००० का भारु नोट बन्देज पछि आएको जोखिम सर्वसाधारणले नै बेहोर्नुपर्ने तर्क गर्छन्।

२०७० पुसमा नेपाल र भारत वाणिज्य सचिवस्तरीय बैठकमा नेपालले  औपचारिक रुपमा यो एजेण्डा अघि सारेको थियो

१४ वर्ष देखि प्रयोगमा नरहेको यस्तो नोट सरकारी अधिकारीहरुले फुकुवा गर्न आग्रह गर्दै आएका थिए। २०७० पुसमा नेपाल र भारत वाणिज्य सचिवस्तरीय बैठकमा नेपालले औपचारिक रुपमा यो एजेण्डा अघि सारेको थियो। भारतीय पर्यटकलाई प्रति व्यक्ति २५ हजार रुपैयाँसम्म नेपाल बोकेर लैजान पाउने शर्तमा ५०० र १००० दरका भारु नेपालमा चल्न दिन सहमत भएको थियो। बैठकले २५ हजारसम्म भारतीय नागरिकले लैजान पाइने निर्णय गर्‍यो।

२०७१ मंसिरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउदा नेपालबाटै यस्तो पैसा चलाउन पाउने घोषणा गरेका थिए। मोदीको घोषणासँगै नेपालमा यस्तो पैसा प्रयोग गर्न सुरु गरिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.