|

संखुवासभा : नेपाल टेलिकमले संखुवासभाका विभिन्न दुर्गम क्षेत्रमा चार वटा विटियस टावर जडान गरेको छ। मोबाइल फोन नचल्ने दुर्गम क्षेत्रका चार स्थानमा विटियस टावर थपिएको जनाएको छ।

भौगोलिक रुपमा विकट र विद्युत्त सेवा नभएका कारणले मोवाइल फोन सेवाबाट समेत वञ्चित स्थानीयको समस्यालाई मध्य नजर गर्दै चार स्थानमा सेवा विस्तार गरिएको नेपाल टेलिकम शाखा कार्यालय खाँदबारीका प्रमुख राधारमण भट्टराईले जानकारी दिए। 

टेलिकमले मकालु गाउँपालिका ५ अरुण तेस्रो डयामसाइड फ्याक्सिन्दा, चिचिला गाउँपालिका २ इम्चुङ, मादी नगरपालिकाको मावादीन र खाँदबारी ३ को माने भञ्ज्याङमा टावर जडान गरेको जनाएको छ। पहाडी भूभागमा धेरै जसो डाँडाकाँडाले छेकिने भएको कारणले मोबाइल फोन चल्न नसक्ने भन्दै स्थानीयले टावरको माग गरे अनुसार थप गरिएको बताइएको छ।

मोबाइल फोन नटिप्ने सभापोखरी गाउँपालिकाको सभापोखरी र स्वाचीमा समेत विटियस टावर थप्ने अन्तिम तयारी भइरहेको टेलिकमले जनाएको छ। खाँदबारीमा रहेको टेलिकम शाखाले संखुवासभा र भोजपुरसहित १७ स्थानबाट सञ्चार सेवा प्रबाह गरिरहेको प्रमुख प्रमुख भट्टराईले बताए।

अहिले चिचिला गाउँपालिका, खाँदबारीको छ्यांकुटी, मकालु गाउँपालिकाको भाटभोटेनी, भोटखोला गाउँपालिकाको बाक्ले, भोटखोलाको गाउँपालिकाको माक्पालुङ, सिलिचोङ गाउँपालिकाको रमितेमा सोलार पावरको भरमा विटिएस प्रणालीमार्फत मोवाइल नेटवर्क सञ्चालन गरिदै आएको कार्यालयले जनाएको छ।त्यसपछि भोटखोला गाउँपालिकाको किमाथांकामा रहेको टावर प्रत्यक्ष भिसेट (स्याटेलाइट) मार्फत सञ्चालनमा रहेको शाखाका प्रमुख भट्टराईको भनाइ छ। 

नेपाल टेलिकम खाँदबारी शाखामार्फत नै भोजपुरको साल्पासिलिछो गाउँपालिकाको कुलुङमा पनि सोलारकै भरमा विटियसमार्फत मोवाइल सेवा प्रदान गरिरहेको बताएको छ। शाखाले जिएसएम ८, सिडिएमए ५ र ल्याण्डलाइन सेवा ५ स्थान बाट सञ्चालन गरिरहेको छ।

खाँदबारी शाखाबाटै भोजपुरका षडानन्द नगरपालिकाको दिङ्लामा ल्याण्डलाइन सेवा, षडानन्दकै झ्याउँपोरी र साल्पासिलिछो गाउँपालिकाको कुलुङमा जिएसएम सेवा प्रदान गरेको छ।

शाखाले १९२ बाट ल्याण्डलाइन फोन वितरण गरेको छ। सबैभन्दा धेरै खाँदबारीमा १ हजार १८० जना ग्राहक रहेका छन्। ल्याण्डलाइन वितरण भएका स्थानहरू शाखाले एडिएसएल सेवा समेत वितरण गरेको छ। खाँदबारी शाखाले नै भोजपुरको दिङ्लामा पनि ल्याण्डलाइन फोन वितरण गरेको छ।

जिल्लामा करिब ७ स्थानका टावरमार्फत एनसिएल कम्पनीले मोवाइल सेवा प्रवाह गरिरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.