|

उदयपुर : भोजराज काफ्ले  र सीता थापाको एउटा चर्चित लोकदोहोरी गीत छ 'नयाँ बाटो सरर घुम्‍न जाऊँ पूर्व सिन्धुली' कुनै समय  यो लोकगीतले बजार तातेको थियो।  यस गीतमा केटाले आफूसँग घुम्न गए पूर्वसिन्धुली राम्ररी घुमाइदिने भनेका छन् भने केटीले 'डाँडाकाँडा कुहिरोले डम्म मोटरबाटो जान्छ र त्यहाँसम्म?' भनेर प्रश्‍न गरेकी छन्।

गीतमा भने जस्तै यतिबेला  नेपालको मध्यपहाडी क्षेत्र अहिले कुहिरोको ढक्कमक्क परेको टोपी लगाएर चिटिक्क परेको छ। प्रकृतिक प्रेमीहरुको कुहिरोले ढाकेको त्यो डाँडाँकाँडा निकै मनमोहक मान्दछन्।

बर्खायाम सकिएर आकाश खुल्दै गएको अवस्थामा प्रदेश-१ मा पर्ने खोटाङ र उदयपुरका महाभारत क्षेत्रका हरिया डाँडाकाँडाले जो कोहीको मन पनि मनमोहक बनाउने छ।

समुन्द्र सतहबाट भण्डै तीन हजार मिटरमाथिका उच्चाईमा रहेका डाँडाहरूलाई प्रकृतिक पर्यटनका रुपमा प्रचारप्रसार गर्न सकिने स्थानीय अगुवाहरू बताउँछन्। ‘वर्खा सकिन लाग्दै गर्दा हामीले पहाडी क्षेत्रमा रहेका पर्यटन क्षेत्रको पहिचान गरेर प्रचारप्रसार गर्न सके धेरै फाइदा लिन सकिन्छ,’ उदयपुरका स्थानीय पत्रकार होमबहादुर बस्नेत भन्छन्, ‘भारत विहार र नेपालको प्रदेश १ का पर्यटकहरुलाई उदयपुर र खोटाङका पहाडनै काफी छ।’

अग्ला पहाडी क्षेत्रको पहिचान गरेर आधुनिक शैलीमा भ्युटावर निर्माण गरी दुर्विन लगायतका दृश्य अवलोकन उपकरण प्रयोग ल्याउन जरुरी छ। उदयपुर र खोटाङका पहाडी डाँडाबाट उत्तरमा हिमशृंखला र दक्षिणमा तराईका फाँटाहरु अवलोकन गर्न सकिन्छ। त्यसमा पनि कुहिरोले ढाकेका वा कुहिरोको टोपी लगाएका डाँडाँहरु निकै मनमोहन लाग्दा हुन्छ। तिनै कुहिरोले ढाकेका पहाडी डाँडाहरूको तस्वीर झलक :   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.