|

कञ्चनपुर : पश्चिमी सीमा नाका गडडाचौकी हुँदै भारतबाट दशैं मनाउन आउने नेपालीको संख्या बढन थालेको छ। दैनिक आठसयदेखि एक हजार बढीको संख्यामा दशैं मनाउनका लागि भारतमा रोजगारीका लागि गएकाहरू फिर्ता हुन थालेका हुन्। 

थोरै मात्र बस सञ्चालन हुँदा यात्रुले पालो पर्खनु परेको छ। अधिकांश भारतबाट फर्केकाहरूमा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्ला यात्रु बढी रहेका छन्। सीमा नाका र महेन्द्रनगरस्थित बस पार्कमा यात्रुको सुविधाका लागि प्रहरीले हेल्प डेस्क राखेको छ।

यात्रुको सुरक्षाका लागि समेत बस पार्क होटेल क्षेत्र र सीमा क्षेत्रमा प्रहरीले विशेष सुरक्षा व्यवस्था गरेको छ।

भारतबाट आउने यात्रुमाथि दुर्व्यवहार नहोस भनेर नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिनुका साथै यात्रुको सुरक्षाका लागि भारतीय सीमा सुरक्षा बलसँग समन्वय गरी सीमा क्षेत्रमा हुन सक्ने अवांच्छित क्रियाकलाप रोक्नका लागि संयुक्त गस्ती र चेकजाँचको कार्यलाई अगाडि बढाइएको सशस्त्र प्रहरी नेपाल ३५ नम्बर गण शैलेश्वरी झलारीका सशस्त्र प्रहरी उपरीक्षक विरबहादुर शाहुले बताए। 

भारतबाट आउने यात्रुले भारतीय सीमा सुरक्षा बलले चेकजाँचका नाममा र भारतीय कष्टमका कर्मचारीले प्रति व्यक्ति एक सय  भारतीय रुपैयाँ बढी रकम असुल्न थालेको बताएका छन्। दशैंका बेला भित्रिने यात्रुले महेन्द्रनगरस्थित होटेलमा भने चर्को शुल्क तिर्नु परेको छ।

धेरै होटलहरू यात्रुले खचाखच भरिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.