|

बागलुङ : जिल्लाको गल्कोट नगरपालिका र गुल्मीको चन्द्रपुर गाउँपालिकाको सिमानामा रहेको जंगलमा शनिबार दुई बालबालिकासहित तीनवटा शव फेला परेको छ। 

चन्द्रपुर गाउँपालिका ३ पोखरीयाको जंगलमा तीनवटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक झविन्द्र भट्टराईले जानकारी दिए। गुल्मी तर्फको जंगलमा शव फेला परेको गलकोट नगरपालिका ३ का वडा अध्यक्ष वीरजंग भण्डारीले बताए। 

अन्दाजी २६ वर्षकी महिला, ७ वर्षको बालक र ५ वर्षकी बालिकाको शव फेला परेको हो। स्थानीयले घाँस दाउरा गर्ने क्रममा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए। घटनास्थलमा गुल्मीबाट प्रहरी टोली पुग्दै गरेको भट्टराईले बताए।

‘नजिकको प्रहरी कार्यालय भन्दा पाँच घण्टा टाढा घटना भएको हो’ उनले भने, ‘प्रहरी पुगेपछि मात्रै उनीहरूको पहिचान हुन्छ।’  घटनाको विषयमा थप जानकारी आउन बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.