|

रौतहट : रौतहट सशस्त्रप्रहरीले सोमबार अबैध रुपमा भित्राइरहेको ठुलो मात्रामा प्याज बरामद गरेको छ। 

नेपालमा प्याजको मूल्य अकाशिदै जाँदा सिमावर्ती भारतीय बजारबाट अबैध रुपमा चोर नाका भएर भित्रयाई चर्को मुनाफा कमाउने उद्देश्यबाट ट्रकमा लोड गरिरहेको अबस्थामा झण्डै साढे नौं हजार किलोग्राम प्याज सशस्त्र प्रहरीले बरामद गरेको हो।

भारतीय बजारबाट चोर बाटो भएर भरियाहरुले ल्याएको प्याज संकलन गरेर मुलुकको ठूला शहरमा पठाएर बढी मुनाफा कमाउने उद्देश्यबाट भण्डारण गरिएको प्याज रौतहटको फतुवा विजयपुर नपाको डुमरिया स्थित एक घरमा लोड भइरहेको जानकारी पाउना साथ सशस्त्र प्रहरीको ११ नम्बर गण रौतहटबाट खटिएको सशस्त्र प्रहरीले आइतवार राति बरामद गरेको हो।

ना २ ख ६३०४ नम्बरको ट्रकमा लोडगरी लैजादै गरेको प्याज ९ हजार ५ सय ५० किलो प्याज सशस्त्र प्रहरी बल नेपाल ११ नम्वर गण रौतहटको टोलीले बरामद गरेको सशस्त्र प्रहरी उपरिक्षक रबीनराज कर्णजितले जानकारी दिए। सशस्त्र प्रहरीको घेरामा पर्न थालेपछि ट्रक चालक सहित प्याजको साहु भाग्न सफल भएको सशस्त्र प्रहरी उपरीक्षक कर्णजितले बताए। बरामद प्याज  आवश्यक कारवाहीका लागि प्याजसहित ट्रकलाई गौर भन्सार कार्यालय बुझाएको उनले बताए। बरामद भएको प्याजसहित ट्रकको ३४ लाख ५५ हजार मूल्य मूयांकन गरेर गौर भन्सार कार्यालयको जिम्मा लगाएको उनले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.