|

उदयपुर : खोटाङ बतासे गाविसकी एक महिलाको शव उदयपुरको ज‌ंगलमा भेटिएको छ। त्रियुगा नगरपालिका ५ भातिखर्कमा भेटिएको शव खोटाङ बतासे गाविसकी भगवती देवी भुजेलको रहेको जिल्ला प्रहरी कार्यालय बोक्सेका एसपी नरबहादुर केसीले बताए। 

‘बाँसघारीमा ओढ्ने ओडेर घेप्टो परेको अवस्थामा शव फेला परेको हो,’ एसपी केसीले भने ‘मृतकको पहिचान खुलिसकेकोले आफन्तहरुलाई खबर पठाएका छौ।’ आफन्तहरु आएपछि शवको पोष्टमार्टम गरिने र विस्तृत अनुसन्धान सुरु हुने एसपी केसीले जानकारी दिए। मृतकको शवलाई जिल्ला अस्पतालमा ल्याईएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.