|
फाइल तस्वीर

जनकपुरधाम : सिरहा सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालय मातहतमा रहेको नगर प्रहरीबाट ८ थुनुवा फरार भएका छन्। विभिन्न मुद्दामा पक्राउ परी थुनामा रहेका ८ जना फरार भएका हुन्।

सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले ७/८ जना थुनुवा भागेको जानकारी पाएको बताए। उनले भने, ‘म अहिले सिरहाको कल्याणपुरको एक वडामा भएको उपनिर्वाचनमा मतगणना स्थलमा छु। यसबारे विशेष बुझ्दैछु।’ थुनुवा फरारबारे विस्तृत विवरण आउन बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.