प्रचण्डले सानो कुरामा पनि उत्तेजना फैलाउने गरेको आरोप

|

काठमाडौं : समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जनयुद्ध दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति आंशिक सत्य भएको बताएका छन्। 

शुक्रबार संसद भवन बाहिर पत्रकारसँगको कुराकानीमा डा. भट्टराईले तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६२ माघमा घोषणा गरेको नगरपालिका निर्वाचन बिथोल्नका कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले निर्वाचन बिथोल्न आग्रह गरेको बताएका हुन्। 

१२ बुँदे समझदारीमा नै कांग्रेसलगायतका सात दलले शान्तिपूर्ण आन्दोलन गर्ने र तत्कालीन माओवादी फौजीरूपमा अघि बढ्ने सहमति भएको उनले खुलाए। 

‘उहाँ (प्रचण्ड) को बानी नै सानो कुरालाई पनि बढाइचढाइ गरी प्रस्तुत गर्ने बानी छ। उत्तेजना फैलाउने स्वभाव छ। १२ बुँदे समझदारीको ड्राफ्ट गर्ने म नै हुँ। मलाई याद छ', उनले भने, 'उहाँहरूले शान्तिपूर्ण ढंगले र हामीले फौजी ढंगले प्रहार गर्ने सहमति भएको थियो। पुसको अन्तिमतिर आन्दोलन राम्रोसँग हुन सकेन। हामीले युद्धविराम भंग गरेर जाने निर्णय गर्दा उहाँ (गिरिजाप्रसाद) ले ठोक्नुपर्‍यो भनेर चाँहि भन्‍नुभएकै हो।'

भिडियो

नेता भट्टराईले राजालाई गलाउन फौजी कारवाही तीव्र बनाउन आग्रह गरेको पनि उनले सुनाए। 'गिरिजाप्रसादले लौन कारवाही अगाडी बढाउनुपर्‍यो भनेको हो, म पनि साक्षी थिएँ', उनले अगाडि भने, 'एकदुई पटक भनेको कुरालाई युद्धभरि भनेजस्तो गरी प्रस्तुत गर्नुभएन। नगरपालिका निर्वाचन बिथोल्न अलिअलि फौजी कारवाही बढाउनुपर्‍यो भन्‍नुभएको हो।’

बितेपछि कुरा गरियो : प्रकाशमान

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तत्कालीन सभापति गिरिजाप्रसा कोइराला ज्युँदै हुँदा नभनेको कुरामा केही भन्‍न नसकिने बताए। ‘खोई गिरिजाप्रसाद कोइराला जिउँदै हुँदा उहाँ (प्रचण्ड) ले केही बोल्नुभएन', उनले भने, 'बितिसकेको व्यक्तिकोबारेमा बोलेर हामी कसरी कमेन्ट गर्ने?’

नेकपा अध्यक्ष दाहालले बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा जनयुद्धका बेला तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग फोनमा कुराकानी हुँदा फैजी कारवाही बढाउन आग्रह गरेको बताएका थिए।

‘गिरिजाप्रसाद कोइराला र मेरोबीच लगातार जस्तै, झन्डै झन्डै दिनदिनैजस्तो कुराकानी हुन्थ्यो। उहाँले हामीलाई फौजी आक्रमण अझै बढाइदिनुपर्‍यो, सदरमुकाम हान्‍नुपर्‍यो, अझै ठूल्ठूलो हमला गर्नुपर्‍यो भन्‍नुहुन्थ्यो', प्रचण्डले बिहीबार धुम्बाराहीमा भनेका थिए, 'यो कुरा बडो विचित्रको थियो। यस्तो संसारमा कमै हुन्छ।’ 

प्रचण्डका त्यो अभिव्यक्तिलाई लिएर नेपाली कांग्रेसले बिहीबारै आपत्ति जनाइसकेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.