|

सुर्खेत : कर्णाली प्रदेशमा प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन २०७६ सुरु भएको छ।

कर्णालीलाई अर्गानिक प्रदेश बनाउने लक्ष्यका साथ अघि बढेको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा पहिलो पटक कर्णालीमा अर्गानिक कृषि सम्मेलन सुरु भएको हो। अर्गानिक कृषि प्रविधिको अवलम्वन, अवसर, चुनौती, निती तथा भावी कार्यदिशा विषयमा छलफल हुनेछ।

सम्मेलनको पहिलो दिनमा कर्णालीको पृष्ठभूमि, कृषि तथा नीति, कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारी, भारतका कृषि, पर्यावरणीयका लेखक, सम्पादक तथा अभियान्ता भरत मन्सता, सुकदेव सिंह र मणिराम पुनिया, नेपालका अर्गानिक विज्ञ छवि पौडेल, लिवर्डका पिताम्बर श्रेष्ठ, मन्त्रालयका अधिकृत धनवहादुर कठायत, प्रकृति मानब केन्द्रित जनअभियानका प्रतिनिधि माया गौतम केसी र विन्दुराज सापकोटाले आफ्नो अनुभव तथा कार्यपत्र प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यस्तै दोस्रो दिन भारतका अर्गानिक अभियान्ता तथा विज्ञ घनश्याम डेमोक्रेट, नेपालका अभियान्ता तथा विज्ञ उद्धव अधिकारी, डिलाराम भण्डारी, डा. भानु पोखरेल,कृषि तथा वन विश्वविद्यालयका प्रतिनिधि, विज्ञ रामकृष्ण श्रेष्ठ, अर्गानिक विज्ञ डा. कृष्ण पौडेलले कार्यपत्र प्रस्तुत गर्नुहुने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता हरिप्रसाद पण्डितले जानकारी दिए।

उनका अनुसार दुई दिनसम्म संचालन हुने सम्मेलनमा कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, पूर्वगृहमन्त्री जनार्दन शर्मा, प्रदेश-२का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, राष्ट्रियसभा सदस्य विमला राई पौडेल, कर्णाली प्रदेशका मन्त्री, कर्णाली प्रदेश योजना आयोगका पदाधिकारी, प्रदेशसभाका सदस्य, कर्णाली प्रदेशका स्थानीय तहका प्रमुख/प्रतिनिधि, कर्णाली प्रदेशका जिल्ला समन्वय समितिका प्रमुख, संघीय सरकारका प्रतिनिधि, कर्मचारी, कृषक, विभिन्न विज्ञको सहभागिता रहेको प्रवक्ता पण्डितले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.