|

काठमाडौं : नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललाई धेरै ल्याङ ल्याङ नगर्न अनुरोध गरेका छन्। रिमालले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै भुसाललाई  आफ्नो पार्टी सोचेजस्तो बनाउन चुनौती पनि दिएका छन्।

 ‘तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो नि हौँ। चल्तीका एक युवा गायकले के सन्देश दिन यो गीत बनाए, त्यो त उनैलाई थाहा होला। तर मलाईचाहिँ आजभोलि चम्कीचम्की, जुल्फी हल्लाई हल्लाई एमाले सहितका प्रमुख दलका नेताहरूप्रति टिप्पणी गर्ने ’एस’ भनिने ’त्यस’ पार्टीका महासचिवको ‘फुरफुरी’ले गीत याद आयो’, उनले लेखेका छन्, ‘महोदय, साँच्चिकै महासचिव भएको हो नि? हो भने, आफ्नै पार्टीलाई चाहेजस्तै– खोजेजस्तै–सोचेजस्तै खत्रा पार्टी बनाएर देखाइदिए हुन्न? अब के को लागि यो ल्याङ, ल्याङ?’

रिमालले अगाडि थपेका छन्, ‘ दोष लगाउन, मुख छोड्न, र, अर्ती उपदेश दिन सजिलो भए पनि गर्न गाह्रो हुन्छ। आफू चाहिँ खेती नगर्ने तर सँधियारको बाली हलक्क बढेको देख्दा छटपटी भई राती गोरु फुकाएर लगाइदिनेलाई तपाई सामन्ती प्रवृत्ति भन्नुहुन्छ हैन?’

हिजो महासचिव भुसालले एमाले अध्यक्ष केपी ओली देशको नेतृत्वमा हुनु दुर्भाग्य भएको बताएका थिए। उनले प्रधानमन्त्रीको विरुद्धमा अहिले देशभर नै नारा लागिरहेको भन्दै जनतामा विश्वास नरहेको जिकिर गरेका थिए। त्यसको जवाफमा वैशाख ११ गते जनसागर उतार्ने कुरा गर्नु दुःखद भएको बताएका थिए। उनले प्रदर्शनमा आउनेहरूले आइ लभ यु केपी बा नभइ क्रान्तिको हिसाव माग्नुपर्ने जिकिर गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.