|

बारा : बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा १६ का विभिन्न टोलका किसानले लगाएको उन्नत जातको मकैको घोगामा दाना नलाग्‍ने समस्या देखिएको छ।

मकैको घोगामा दाना नलागेपछि किसानले क्षेतिपुर्तिको माग गरेका छन्। सरकारले पिडित किसानलाई क्षेतिपुर्ति दिनु पर्ने किसान अर्जुन राउतले बताए। किसानले प्रति किलो १५० भन्दा बढीमा विऊ खरिद गरेर मकै लगाएका थिए।

मकैको बोट र घोगा हेर्दा राम्रो भए पनि मकैको दानामा नलालेको पाईएको वडा अध्यक्ष केदार बजगाईले जानकारी दिए। किसानले गत कार्तिकमा रोपेको भारतीय श्रेष्ठ, डेगान, बोन्नि जातको मकैको घोगामा दाना नलागेको वडा अध्यक्ष बजागाईले बताए।

सरकारले जभाभावी बिऊ बेच्‍ने अनुमति दिएका कारण किसानले नोक्सानी बेहोर्नु परेको किसानहरुको भनाई छ। वडा अध्यक्ष बजगाईले किसानको खेतबारीमा पुगेर निरीक्षण गर्दै समस्यालाई सम्बन्धित निकायलाई जानकारी गराइएको बताए। जिल्ला कृषि कार्यालय बारा र नगर कृषि शाखालाई निरिक्षण गरि पिडित जनतालाई नियमानुसार क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्ने प्रतिवद्धता जनाएका छन्।

७ वर्षअघि पनि मकैमा दाना नलागेपछि क्षतिपुर्तिको लागि आन्दोलनमा उत्रिएका थिए।  किसानले दाना नलागेको मकैको बोट बोकेर प्रदर्शन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.