|

काठमाडौं : विश्वकप छनोटको प्ले अफमा नेपालले बिहीबार पपुवा न्यूगिनीलाई ६ विकेटले पराजित गरेको छ। 

जिम्बावेमा भएको खेलमा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अलराउन्ड प्रदर्शन गरेका थिए। उनले नटआउट ५० रन बनाए भने ४ विकेट पनि लिएका थिए। त्यस्तै सन्दीप लामिछानेले पनि ४ विकेट लिएका थिए। 

यो जीतसँगै नेपालको आइसीसी एकदिवसीयको मान्यता पाउने सम्भावना बलियो बनेको छ।

नेपालले आजै उक्त मान्यता पाउन अहिले जारी खेलमा नेदरल्यान्डले हङकङलाई पराजित गर्नुपर्ने हुन्छ। त्यो नतिजा नेपाललाई सहयोगी बन्नेगरी नआए अर्को खेल नेपालले आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ। 

पढ्नुस्:

फोटो:

टस जितेर नेपालले पहिले फिल्डिङ रोजेको थियो। नेपालको फिल्डिङ र पपुवा न्यूगिनीको ब्याटिङका क्षणहरू:

पपुवा न्यूगिनी नेपालको कसिलो बलिङसामू टिक्न सकेन। पपुवा न्यूगिनी ११४ रनमा अल आउट भएपछि नेपालले जवाफी ब्याटिङ थाल्यो। नेपालले ६ विकेटको फराकिलो जीत हासिल गर्ने क्रममा नेपालको ब्याटिङ र पपुवा न्यूगिनीको फिल्डिङका क्षणहरू:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.